अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

स्पेन युरोकप फुटबल प्रतियोगिताको लागि छनौट

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:१३ मा प्रकाशित

स्वीडेनसँग बराबरी खेल्दै स्पेन अर्को वर्ष हुने युरोकप फुटबल प्रतियोगिताको लागि छनौट भएको छ । गएराति विडेनमा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि स्पेनले युरोकपको टिकट काटेको हो ।

यही समुहको अर्को खेलमा रोमानियाले नर्वेसँग १–१ गोलको बराबरी खेलेको छ । गएरातिका खेलहरुपछि समूह ‘एफ’ मा ८ खेलबाट २० अंक जोड्दै स्पेनले युरोकपमा ठाउँ पक्का गरेको हो ।

दोस्रो स्थानको स्विडेनको १५ अंक छ भने १४ अंकसहित रोमानिया तेस्रो स्थानमा छ ।युरोकप फुटबल छनौटकै अन्य खेलहरुमा स्विट्जरल्याण्डले आयरल्याण्डलार्ई २–० ले हराउँदा इटालीले लिचेस्टाइनलाई ५–० ले, ग्रिसले बोस्नियालाई २–१ ले तथा फिनल्याण्डले अर्मेनियालाई ३–० ले हराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू