अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 14:52

दक्षिण कोरियाले सेनाको संख्या घटाउने

बिआरटीनेपाल २०७६ असोज २५ गते ९:१२ मा प्रकाशित

दक्षिण कोरियाले आगामी तीन बर्षभित्रमा सेनाको संख्या तीन लाख घटाउने जनाएको छ । देशको जनसङ्ख्या अत्यधिक घटेकाले सेनाको संख्या पनि घटाउन लागिएको त्यहाँका सेना प्रमुखले जानकारी दिएका छन् ।

सो संख्या सन् २०२२ सम्ममा घटाउने छ । दक्षिण कोरियामा हाल ४ लाख ६४ हजार सेना छन् । दक्षिण कोरियाको समाचार संस्था होन्याप लेखेको समाचार अनुसार सन् २०२५ सम्ममा सेनाको ३८ डिभिजनबाट ३३ डिभिजन बनाइने छ ।

दक्षिण कोरियाका सुरक्षाकर्मीहरूको सङ्ख्या हाल झण्डै ६ लाख रहेको र यो सङ्ख्या उत्तर कोरियाकोभन्दा निकै कम रहेको दक्षिण कोरियाको सन् २०१८ को स्वेतपत्रमा उल्लेख गरिएको थियो । विश्लेषकहरुले उत्तर कोरियासँग २० देखि ६० आणविक हतियारहरु रहेको पनि अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू