अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

इथियोेपियाका प्रधानमन्त्री अलीलाई २०१९ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने

बिआरटीनेपाल २०७६ असोज २४ गते ७:२५ मा प्रकाशित

यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोेपियाका प्रधानमन्त्री अबे अहमेद अलीलाई दिने घोषणा गरिएको छ । नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार प्रधानमन्त्री अलीलाई दिने घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय सहकार्य, शान्ति स्थापना र इरिट्रियासँगको २० वर्ष लामो सीमा विवाद समाधानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको जनाइएको छ ।

उहाँ सन् २०१८ अप्रिल २ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । अली पूर्व सैनिक गुप्तचर अधिकारीसमेत हुनुहुन्छ । अबे प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि आर्थिक, राजनीतिक पुर्नसंरचनामा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू