अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

स्वीडेनका राजाका पाँच नातिनातिनी राजघरानाबाट हटाईए

बिआरटीनेपाल २०७६ असोज २० गते २०:१९ मा प्रकाशित

स्वीडेनका राजाले आफ्ना पाँच नातिनातिनीलाई राजघरानाबाट हटाएका छन् । स्वीडेनका राजा कार्ल सोह्रौँ गुस्ताफले पाँच नातिनातिनीलाई राजघरानाबाट बाहिर राख्दै उनीहरुले औपचारिक राजकीय जिम्मेवारी बहन गर्नु नपर्ने बनाएका हुन् ।

उनीहरुले रोयल हाइनेसको उपाधि पनि पाउने छैनन् । उनीहरु राजपरिवारको सदस्य भने रहने छन् । यस्तै उनीहरु ड्युक एण्ड डचेज उपाधिमा भने कायम हुने छन् ।

राजगद्दीको सीधा लाइनमा रहेका राजाका दुई नातिनातिनीमा भने नयाँ परिवर्तन लागु हुने छैन । परिवर्तनको अर्थ राजपरिवारका सबै सदस्य वा धेरै सदस्यले राजकीय जिम्मेवारी निर्वाह गर्नु पर्दैन भन्ने सन्देश दिने बताइएको छ ।

रोयल कोर्ट अफ स्वीडेनले जारी गरेको वक्तव्यमा उल्लेख भए अनुसार राजकुमार कार्ल फिलिपका दुई छोरा तथा राजकुमारी माडेलिइनीका तीन सन्तानले औपचारिक राजकीय जिम्मेवारी निर्वाह नगर्नु पर्ने भएको हो । उनीहरु सबै एक देखि पाँच वर्षका छन् ।

राजघरानाको आकार बिस्तार हुँदै गएको र त्यो आवश्यक नरहेको उल्लेख गर्दै यो निर्णय लिइएको हो । राजघराना १०० वर्ष पहिलेको भन्दा अति ठूलो बनेकाले यो निर्णय लिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू