अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

साउदी अरबमा अविवाहित जोडीलाई पनि होटलमा सँगै बस्न अनुमति

बिआरटीनेपाल २०७६ असोज १९ गते ५:१६ मा प्रकाशित

अविवाहित विदेशी जोडी अब साउदी अरबमा होटलमा कोठा लिएर एकसाथ बस्न पाउने भएका छन् । साउदी सरकारले आफ्नो देशका लागि यो नयाँ घोषणा गरेको छ जसले पर्यटन प्रर्वद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । यसका साथै जुनसुकै महिलाले होटलमा एक्लै कोठा लिएर बस्न सक्ने व्यवस्था पनि गरिएको छ । यस भन्दा पहिले विवाहित जोडीलाई पनि होटलमा सँगै बस्न नाता प्रमाणित गर्नुपर्ने बाध्यता थियो ।

विवाह भएको प्रमाणपत्र पेश गरे मात्रै होटलमा जोडीलाई सँगै बस्न अनुमति थियो । तर अब विदेशी जोडी साउदी अरब गएमा विवाहित रहेको प्रमाणित गर्नुपर्ने छैन । साउदीको पर्यटन तथा राष्ट्रिय सम्पदा मन्त्रालयले भनेको छ ‘साउदी अरबका नागरिकका लागि नाता प्रमाण या रिलेशनशिपको प्रमाणको दस्तावेज होटल चेकिंगका क्रममा देखाउनु पर्नेछ तर विदेशी जोडीका लागि त्यो आवश्यक हुने छैन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सबै महिलाले परिचयपत्र देखाएर होटलमा कोठा बुक गर्न सक्नेछन् यस्तो साउदीको महिला पनि गर्न सक्नेछिन् ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू