अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकमा होम पाण्डेको उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७६ असोज १८ गते २०:४७ मा प्रकाशित

आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुने एनआरएनए विश्व सम्मेलनमा अस्ट्रेलियाबाट होम पाण्डेले ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सो पदमा यसअघि अस्ट्रेलियाबाटै दिनेशराज जोशीले पनि उम्मेदवारीको घोषणा गर्नुभएको थियो ।

सूचना प्रविधि विशेषज्ञका रूपमा अस्ट्रेलियाको प्रतिष्ठित बैंक कमनवेल्थ बैंकमा सिनियर प्रोजेक्ट म्यानेजरका रूपमा कार्यरत पाण्डे स्थापना कालदेखि नै एनआरएनए अस्ट्रेलियामा संलग्न हुनुहुनछ । एनआरएनए अस्ट्रेलियाको आईटी सिस्टम स्थापनाको क्षेत्रमा विशेष भूमिका खेलेका पाण्डेले अस्ट्रेलियामा पहिलोपटक विद्युतीय मतदान सुरु गर्ने कामको नेतृत्व गर्दै विगत सात वर्षदेखि लगातार यस प्रविधिको प्रयोजनमा संलग्न रहँदै आउनुभएको छ ।

पाण्डेले एनआरएनए सँगको विगत लामो समयदेखिको संलग्नता र एक प्राविधिकको हैसिएतले ओसिनिया क्षेत्रका हजारौँ नेपालीहरूको भावनालाई कदर गर्दै रिजनल संयोजक भएर आफूले सिकेको ज्ञान, सीप र दक्षताको आधारमा नेपाल र यहाँका नेपाली समुदायको हितमा केही योगदान गर्नका लागि रिजनल कोर्डिनेटरको रूपमा आफ्नो उम्मेदवारी दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू