अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

अमेरिका र उत्तर कोरियाबीच वार्ता असफल

बिआरटीनेपाल २०७६ असोज १८ गते २०:२४ मा प्रकाशित

अमेरिका र उत्तर कोरियाका अधिकारीबीचको परमाणु निशस्त्रिकरण सम्बन्धी वार्ता असफल भएको छ । वार्ताका लागि दुवै देशका अधिकारीहरु स्वीडेन पुगेका थिए । तर अमेरिकाले बैठकमा कुनै एजेण्डा नै नराखेपछि वार्ता असफल भएको हो । वार्ताका लागि आएको अमेरिकाले कुनै एजेण्डा नै प्रस्तुत नगरेको उत्तर कोरियाले बताएको छ । तर अमेरिकाले भने वार्तामा महत्वपूर्ण छलफल भएको दाबी गरेको छ ।

दुवै देशका अधिकारीहरुबीच स्वीडेनको स्टकहोममा वार्ता भएको थियो । गएको जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता भएको थियो । त्यसक्रममा दुई नेताबिच परमाणु निशस्त्रिकरण सम्बन्धी वार्ता पुनः सुचारु गर्ने सहमति भएको थियो ।

त्यसपछि उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरेको थियो । गएको फेब्रुअरीमा भियतनाममा भएको ट्रम्प र किमबिचको वार्तामा पनि सहमति जुट्न सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू