अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

थाइल्याण्डमा झरनाबाट खसेर मरे ६ वटा हात्ती

बिआरटीनेपाल २०७६ असोज १८ गते ९:४७ मा प्रकाशित

थाइल्याण्डमा एकअर्कालाई जोगाउने प्रयासमा रहेका ६ वटा हात्ती मरेका छन् । झरनामा फसेका उनीहरु एकअर्कालाई जोगाउने प्रयासमा खसेर मरेका हुन् ।

थाइल्याण्डको दक्षिणी क्षेत्रमा रहेको खाओ यई राष्ट्रिय निकुञ्जमा रहेको झरनामा छावा (बच्चा हात्ती) खसेपछि अरु हात्ती जोखाउने प्रयासमा लागेका थिए । तर उनीहरु पनि खस्दा सबैको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

शनिबार ६ वटा हात्ती खसेर मरेकै ठाउँमा रहेका अरु दुई हात्तीलाई उद्धार गर्ने प्रयास गरिएको छ । हेल्स फलका रुपमा परिचित सो झरनामा यसअघि पनि यस्तै प्रकृतिको घटना भएको थियो । सन् १९९२ मा सोही ठाउँबाट खसेर ८ वटा हात्ती मरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू