अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

इराकमा सरकार विरोधी प्रदर्शन, ज्यान गुमाउनेको संख्या ६० पुग्यो

बिआरटीनेपाल २०७६ असोज १७ गते २२:५५ मा प्रकाशित

इराकमा सरकार विरोधी प्रदर्शन चर्किँदै गएको छ । सो प्रदर्शन हिंसात्मक बन्दै जाँदा ज्यान गुमाउनेको संख्या पनि बढेको छ । पछिल्लो चार दिनमा सरकार विरोधी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या कम्तिमा ६० पुगेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा प्रदर्शनकारी र प्रहरीबिच झडपका घटना बढेपछि ज्यान गुमाउनेको संख्या पनि अघिल्ला तीन दिनको तुलनामा दोब्बर भएको जनाइएको छ । राजधानी बग्दादमा नचिनेका व्यक्तिको आक्रमणबाट दुई प्रहरी अधिकारीसहित चारजनाको ज्यान गएको जनाइएको छ ।

युवाहरु बेरोजगार हुने दर बढेपछि स्वतस्फूर्त रुपमा मंगलबारदेखि प्रदर्शन सुरु भएको हो । सार्वजनिक सेवामा हुँदै आएको गम्भीर लापरवाही तथा भ्रष्टाचारको विरोध पनि प्रदर्शनको केन्द्रमा छ । इराकका प्रधानमन्त्री अदेल अब्देल माहदीले प्रदर्शनकारीका माग जायज रहेको त्यसलाई सम्बोधन गरिने तर शान्त रहन आग्रह गरेका छन् । उनी सत्तामा आएको झण्डै एक वर्ष भएको छ र उनको लागि यो प्रदर्शन ठूलो चुनौतिका रुपमा खडा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू