अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

महरा सर त मेरो बुबा समान हुनुहुन्छ: पीडित महिला

बिआरटीनेपाल २०७६ असोज १४ गते १०:५८ मा प्रकाशित

कृष्ण बहादुर महरा काण्डमा २४ घण्टा नबित्दै नयाँ ट्विस्ट आएको छ। महराले राजीनामा दिइसकेपछि पीडित भनिएकी महिलाको अर्को भिडियो सार्वजनिक भएको छ नागरिक खबर अनलाइनमा। हिजोको भिडियोमा आफैले बोलेको कुरालाई आजको भिडियोमा उनले काटेकी छिन्। हिजो आफैले आफ्नो कोठामा आएर जबरजस्ती गरेको आरोप लगाउनेले आज कोठामा आएकै छैन भनेकी छिन्। अझ महरासँग भेटै नभएको र बाउ छोरीको नाता पो रहेको बताएकी छिन् आजको भिडियोमा ।

हिजोको भिडियोमा चस्माको टुक्रा र जुत्ताको तलुवाको कुरा थियो। आजको भिडियोमा भने ती महिलाले चस्मा त म पनि लगाउँछु, मेरो श्रीमानले पनि लगाउनु हुन्छ पो भनेकी छिन्।

हिजोको भिडियोमा गरेको कुरा र अहिलेको भिडियोमा गरेको कुरा उल्टो छ।

हेर्नुस् आज सार्वजनिक भएको भिडियोमा के भनिन:

 

 

 

 

 

 

प्रतिक्रिया