अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

अस्ट्रेलिया शिक्षामा नेपाल “लेभल–३” मा झर्यो

बिआरटीनेपाल २०७६ असोज १० गते ९:४८ मा प्रकाशित

अस्ट्रेलियाको ‘डिपार्टमेन्ट अफ होम अफेयर्स’ ले नेपाललाई लेभल–३ एसेसमेन्ट लेभलमा राखेको छ । यससंगैै अस्ट्रेलिया उच्च अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका लागि थप कडाइ हुने संकेत देखिएको छ । डिपार्टमेन्टले यसअघि लेभल–२ मा रहेको नेपालसँगै दक्षिण एसियाली मुलुकहरू भारत र पाकिस्तानलाई पनि लेभल–३ मा राखेको हो ।

अस्ट्रेलियन सरकारले त्यहाँ उच्च अध्ययन गर्न आउने विद्यार्थीहरूलाई एसेसमेन्ट लेभल १ देखि ५ सम्म अंक दिएर वर्गिकरण गर्दछ । उक्त वर्गीकरण विद्यार्थीले कुन देशको पासपोर्ट लिएको छ र कुन तहको विषय अध्ययन गरिरहेको छ भन्ने आधारमा तय गरिएको हुन्छ । सो वर्गिकरण अनुसार एसेसमेन्ट लेभल १ लाई सबैभन्दा कम जोखिमयुक्त तथा एसेसमेन्ट लेभल ५ लाई बढी जोखिमयुक्त मानिन्छ। एसेसमेन्ट लेभल जति बढ्दै जान्छ विद्यार्थीले अस्ट्रेलिया अध्ययनका लागि भिसा आवेदन दिँदा त्यही अनुपातमा बढी कागजपत्रहरू पेश गर्नुपर्ने हुन्छ।

नेपाल लेभल–२ मा हुँदा अस्ट्रेलियामा लेभल १ र २ का शिक्षण संस्थाहरूमा अध्ययनका लागि आवेदन दिँदा सीमित कागजपत्र पेश गरे हुने थियो । नेपाल लेभल ३ मा वर्गीकृत भएसंगै अव विद्यार्थीहरूले ती कागजातसँगै नेपालको बैंकबाट आफ्नो शिक्षाका लागि चाहिने तथा त्यहाँ बस्दा लाग्ने खर्च ऋणमार्फत् देखाउनुका साथै सम्पत्तिको विवरण समेत अनिवार्य रूपमा बुझाउनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू