अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

एनआरएनए कोषाध्यक्षमा युरोपबाट सोम सापकोटाको उम्मेदवारी

बिआरटीनेपाल २०७६ असोज १० गते ९:४८ मा प्रकाशित

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को कोषाध्यक्षमा युरोपबाट सोम सापकोटाले उम्मेदवारी दिनुहुने भएको छ । वर्तमान कार्यसमितिका सह–कोषाध्यक्ष समेत रहेका सापकोटाले संस्थालाई आर्थिक रूपमा बलियो बनाउने योजनासहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

सन् १९९६ मा स्वीट्जरल्याण्डबाट प्रवासी जीवन शुरू गरेका सापकोटा २००६ मा एनसीसी पोर्चुगलको कार्यसमिति सदस्य चयन हुनुभएको थियो । सापकोटाले २००९–०११ कार्यकालमा डेनमार्कको संस्थापक अध्यक्ष, २०११–०१३ कार्यकालमा एनआरएनए केन्द्रीय सदस्यका साथै २०१३–०१५ कार्यकालमा युरोप सह–संयोजकको भूमिका निर्वाह गरिसक्नुभएको छ । २०१७–०१९ कार्यकालमा आईसीसीको सहकोषाध्यक्ष रहेर भूमिका निर्वाह गर्नुभएका सापकोटाले बाँकी रहेका अधुरा योजना सम्पन्न गर्न कोषाध्यक्षका लागि चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू