अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

बेलायतमा ‘नेपाल यात्रा’

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:५९ मा प्रकाशित

कलाकार पी. सिंहले बेलायतमा रहेर ‘नेपाल यात्रा’ मार्फत नेपाललाई चिनाउने प्रयास गर्नुभएको छ । बेलायतको हथ थिएटरमा उहाँको ‘नेपाल यात्रा’ एकल कला प्रदर्शनी शुरु भएको हो ।

वास्तुगत रूपमा सम्पन्न प्राचीन मठमन्दिर तथा विभिन्न जातीय समूहहरूको प्रतिनिधित्व गर्ने चित्र र परम्परागत पोशाकको प्रदर्शनीले नेपालप्रति जागरूकता जगाउने र बेलायतबासीलाई नेपालबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने प्रयत्न गर्ने प्रदर्शनीको उदेश्य रहेको सिंहले बताउनुभयो ।

प्रदर्शनीमा विभिन्न आकारका ४० वटा कलाकृतिहरू राखिएका छन् । स्केच, वाटर कलर र एक्रिलिक पेन्ट्सको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरता, नेपाली कला तथा संस्कृतिबारे चिनाउने प्रयत्न प्रदर्शनीको छ । पेशाले सफ्टवेयर इञ्जिनियर सिंह फुर्सदको समयमा पेन्टिङ गर्न रुचाउनुहुन्छ ।

सिंह नेपालका चर्चित सफ्टवेयरहरू नेपाली टाइपिङ ट्युटर ‘टाइपशाला’, रोड इन्जिनियरिङ सफ्टवेयर ‘राजमार्ग’, तथा ‘नेपाली युनिकोड’ लगायत विभिन्न सफ्टवेयरका निर्माता समेत हुनुहुन्छ । हाल उहाँ बेलायत अवस्थित अन्तर्राष्ट्रिय संस्था एआइजी मा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत रहनुभएको छ ।

प्रदर्शनीले भिजिट नेपाल २०२० लाई पनि केही हदसम्म टेवा पुग्ने अपेक्षा उहाँको छ । यस प्रदर्शनीमा सिंहकी छोरी रोषलिन सिंहका पनि केही चित्रहरू राखिएका छन् । २४ सेप्टेम्बरदेखि सुरु प्रदर्शनी १० अक्टुबरसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू