अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीचको टेलिफोन वार्ता सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:५२ मा प्रकाशित

अमेरिकामा ट्रम्प प्रशासनले गत जुलाइमा राष्ट्रपतिले गरेका टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध महाअभियोग लागाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेलगत्तै ह्वाइटहाउस प्रशासनसले टेलिफोन कुराकानीको विवरणको सारांश सार्वजनिक गरेको हो ।

जसमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्ना सम्भावित प्रत्यासी जो बाइडन र एक युक्रेनी ग्यास फर्ममा काम गर्ने उहाँका छोराविरुद्ध जाँच सुरु गर्न आग्रह गर्नुभएको छ । टेलिफोन वातचितमा ट्रम्पले वाइडनको छोरालाई लिएर चर्चा चलिरहेको तर वाइडनले छानविन रोकिदिएको भन्दै अधिकांश व्यक्तिले छानविन खोजेको बताएका छन् ।

वाइडनले छानविनलाई रोकें भनेर फुर्ति लगाएको र आफुलाई यो मुद्दा भयानक लागेको टेलिफोन वार्तामा ट्रम्पले भन्नुभएको छ । कुराकानीमा ट्रम्पले जेलेन्सीकीसँग जो वाइडनले युक्रेनका शीर्ष सरकारी वलिक विक्टर शौकीनलाई हटाउन दवाव दिनुभएको थियो ।

ट्रम्पले भने राष्ट्रपतीय चुनावका आफ्ना सम्भावित प्रत्यासीविरुद्ध त्यस्तो अनुसन्धानको माग गरिएको विषय अस्वीकार गर्दे आउनुभएको छ । एक सुराकीले औपचारिक रुपमा उजुरी हालेको समाचार आएपछि ट्रम्प र जेलेन्सकीबीचको टेलिफोन वार्ताबारे विवाद चर्किएको हो ।

ट्रम्पले जुलाइ २५ तारिखमा भएको भनिएको टेलिफोन वार्ताको पूर्ण र सम्पादन नगरिएको विवरण सार्वजनिक गर्ने वाचा गर्नुभएको थियो तर ह्वाइट हाउसले बुधवार बिहान सार्वजनिक गरेको विवरणमा भने अमेरिकी अधिकारीहरूले सुनेर तयार गरिएको संवादमात्रै समेटिएको छ । ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्वरुप करिब ४० करोड डलर रोक्न निर्देशन दिएको केही दिनपछि उक्त टेलिफोन कुराकानी बाहिरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू