अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

पाकिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ३७ पुग्यो

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:४० मा प्रकाशित

पाकिस्तानमा मंगलबार आएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । मिरपुर डिभिजनल कमिसनर मुहम्मद तायाबले मंगलबारको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढेर ३७ पुगेको पुष्टि गरेका हुन् ।

पाकिस्तान प्रशासित काश्मीरको मिरपुर क्षेत्रमा मंगलबारको ५.६ म्याग्निच्युड (अमेरिकी जिओलोजिकल सर्भेका अनुसार ५.८ म्याग्निच्युड) को भूकम्पबाट के कति क्षति भयो त्यसको पूर्ण विवरण अझै आइसकेको छैन ।

भूकम्प मंगलबार ४स्३३ मा गएको थियो भने पहिलो परकम्प ४ बजेर ४३ मिनेटमै गएको पाकिस्तानको सरकारी निकायले जनाएको छ । झेलममा गएको पहिलो परकम्प ३.४ रेक्टर स्केलको भएको जनाइएको छ । २४ घण्टाको अवधीमा अन्य परकम्प पनि जान सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

८ देखि १० सेकेण्डको बीचमा गएको भूकम्पले सो क्षेत्रलाई तहसनहस बनाइदिएको छ । भूकम्पले सडक चिरिएर खोल्सोजस्तो भएको तस्बिर सामाजिक सञ्जालमा प्रस्तुत गरिएका छन् । भूकम्प त्यति ठूलो नठानिए पनि क्षति हेर्दा भने तर्सिने अवस्था उत्पन्न भएको त्यहाँका मिडियाले जनाएका छन् ।

सो भूकम्पको केन्द्र जमिनभन्दा १० किमी तल रहेको जनाइएको छ । पाकिस्तान नियन्त्रित जम्मु काश्मीरका प्रधानमन्त्री राजा फारुक हैदर गएको सोमबारदेखि काश्मीर सम्बन्धी एक कार्यक्रममा भाग लिन लाहौरमा रहेकोमा भूकम्पलगत्तै फर्किएका थिए । उनले उद्धार कार्यको अनुगमन गरेका छन् । कैयौँ घर ध्वस्त भएका छन्, रुख उखेलिएका छन् मिरपुर क्षेत्रको सडकमा कार नै निल्नेगरी धाँजा फाटेको छ । त्यसैगरी गुड्दागुड्दैका बस पनि ढलेका छन् ।

भूकम्पको धक्का पाकिस्तानको इस्लामावाद, पेसावर, रावलपिन्डी र लाहौरमा तथा भारतको नयाँ दिल्लीसहित उत्तरी भारतमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू