अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

एनआरएनएको उपाध्यक्षमा अफ्रिका निवासी हिक्मत थापाको उम्मेद्वारी घोषणा

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:५० मा प्रकाशित

गैरआबासीय नेपाली संघ (एनआरएनए) को आसन्न अन्तर्राष्ट्रिय समितिको निर्बाचनमा बर्तमान कोषाध्यक्ष हिक्मत थापाले अन्तर्राष्ट्रिय कार्यसमितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सन् २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरी सस्थापक अध्यक्ष बन्नुभएका थापा, सन २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष, सन २०११–२०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५–२०१९ दुई कार्यकाल अन्तर्राष्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दै हुनुहुन्छ ।

नेपालीहरु भर्खरै पुग्न थालेको र सानो संख्यामा रहेका अफ्रिकाका सोह्र मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको सक्रियता रहेको बताईन्छ । नेपालको कुटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौं नेपालीको घरफिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भुमिका खेल्दै आउनुभएको छ ।

एनआरएनएलाई संसार भरी रहेका सबै पेशा, ब्यबसाय र भुगोलमा रहेका प्रबाशी नेपालीहरुको साझा र अपनत्व हुने सस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने थापाले बताउनुभएको छ । उपाध्यक्षमा निर्वाचित भएपछि संस्थालाई आर्थिक रुपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने, बिशेषगरी खाडी, मलेसिया र अफ्रिकामा रहेका नेपालीहरुको भलाई र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्वाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू