अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

तालिबानद्धारा अस्पतालमा आक्रमण, कम्तीमा १० जना मारिए, अस्पताल ध्वस्त

बिआरटीनेपाल २०७६ असोज २ गते ९:४६ मा प्रकाशित

अफगानिस्तानको दक्षिणी कलात सहरस्थित एक अस्पतालमा तालिबान लडाकुले गराएको विस्फोटमा परी कम्तीमा १० जना मारिएका छन् । विस्फोटक पदार्थले भरिएको मिनिट्रक अस्पतालको बाहिर विस्फोट गराइएको थियो ।

मारिनेमा चिकित्सक र बिरामीहरु रहेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । विस्फोटका कारण अस्पताल ध्वस्त भएको छ । तालिबानले अस्पतालनजिकै रहेको सरकारी गुप्तचर निकायको कार्यालयलाई निशाना बनाएको जनाएको छ ।

अफगानिस्तानमा नजिकिँदो आमचुनाव र अमेरिकासँगको शान्तिवार्ता भंग भएपछि तालिबानले दैनिकजसो आक्रमणहरु गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू