अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

८० वर्षसम्म पनि राष्ट्रपति कार्यालय सम्हाल्न सकिने कुरामा विश्वास लाग्दैन– पुर्व राष्ट्रपति कार्टर

बिआरटीनेपाल २०७६ असोज १ गते ९:०३ मा प्रकाशित

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले ८० वर्षको उमेरमा संसारकै शक्तिशाली कार्यालय ’राष्ट्रपति कार्यालय’ सम्हाल्न सक्ने कुरामा आफू विश्वास नगर्ने बताउनुभएको छ । ९५ औं जन्मोत्सवको अवसरमा आयोजित समारोहमा बोल्दै कार्टरले यस्तो बताउनुभएको हो ।

कार्टर अमेरिकी इतिहासमा सबैभन्दा बढी बाँच्ने अमेरिकी राष्ट्रपति हुनुहुन्छ । उहाँले सन् २०२० को अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने डेमोक्रेटिक आकांक्षी उम्मेदवारको नाम नलिएरै ८० वर्षको उमेरमा सही रुपमा राष्ट्रपति कार्यालय सञ्चालन गर्न नसकिने बताउनुभएको थियो ।

२०२० को राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका दुईजना नेता ८० वर्ष पुग्नेछन् । जोय बिडेन ७६ वर्ष र बेर्नाइ स्यान्डर्स ७८ वर्षको हुनुभएको छ । यदि निर्वाचित भएमा उहाँ कार्यकालमै ८० बर्षको पुग्नुहुनेछ । एटलान्टास्थित कार्टर सेन्टरमा आयोजित कार्यक्रममा उपस्थितहरुको प्रश्नको जवाफ दिने क्रममा हाँस्दै कार्टरले भन्नुभयोे, “मलाई विश्वास छ कि अब उमेरको हद कायम हुनेछ । यदि म ८० वर्षको हुन्थे अथवा १५ वर्ष कान्छो हुन्थे भने मलाई विश्वास लाग्दैन कि म राष्ट्रपति भएर काम गर्न सक्छु । यो म राष्ट्रपति हुँदा गरेको अनुभव हो ।“

उक्त समारोहमा उपस्थित एकजना सहभागीले गरेको आगामी २०२० को राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि लड्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा कार्टरले यस्तो बताउनुभएको थियो । अमेरिकाको ३९ प्रधानमन्त्री भएका कार्टरले ५६ वर्षको उमेरमा दोस्रो निर्वाचनमा पराजित भएपछि राष्ट्रपति कार्यालय छाड्नुभएको थियो । सन् १९८१ मा रोनाल्ड रेगनसँग उहाँ पराजित हुनुभएको थियो । रेगनले दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो भने सबैभन्दा बढी उमेरमा राष्ट्रपति कार्यालय छोड्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । ७७ वर्षको उमेरमा उहाँले राष्ट्रपति कार्यालय छोड्नुभएको थियो । अमेरिकाका बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले ७३ वर्षको हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू