अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

बिआरटीनेपाल २०७६ असोज १ गते ८:३८ मा प्रकाशित

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले वार्तामार्फत् अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने वातावरण तयार पारे उसलाई समेत फाइदा पुग्ने बताएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

वार्ता निरन्तर चलिरहेका बेला राष्ट्रपति ट्रम्पकै कारण वातावरण बिथोलिएको अफगानिस्तानले आरोप लगाउँदै आएको छ । वार्ताको वातावरण बन्दै गएपछि ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई सेप्टेम्बर ८ मा भेट्न चाहेको समाचार बाहिरीएका थिए । तर सेप्टेम्बर ६ मा राजधानी काबुलमा तालिवानीको आक्रमाणबाट एक अमेरिकी सैनिकसहित १२ जनाको मत्यु भएपछि वार्ताको वातावरण बिथोलिएको हो ।

त्यसलगत्तै अमेरिकी विदेश सचिव माइक पोम्पेओले तालिवानी आक्रमणको भत्र्सना गर्दै अफगानिस्तान शान्ति वार्ताप्रति इमान्दार नभएको आरोप लगाउनुभएको थियो । तर अफगानी वार्ता टोली नेता अब्बासले तालिवानी लडाकूहरुले गलत नगरेको भन्दै आक्रमणको बचाउ गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू