अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

साउदीका दुईओटा सरकारी तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

बिआरटीनेपाल २०७६ भदौ २८ गते ७:२५ मा प्रकाशित

साउदी अरबको अरामकोका स्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो । दुवै आगलागी नियन्त्रणमा आइसकेको छ । उक्त तेल प्रशोधन केन्द्र संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र मानिन्छ । विगतमा भएका यस्ता आक्रमणमा इराननिकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाइने गरिन्थ्यो । तर, यो आक्रमणमा भने कसको संलग्नता छ भन्ने स्पष्ट भइसकेको छैन ।

यसअघि, सन् २००६ मा अबकाइसमा रहेको तेल प्रशोधन केन्द्रमा अल–कायदाको आक्रमण प्रयासलाई साउदी सुरक्षा बलले विफल तुल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू