अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

इराकमा राखियो अमेरिकाविरोधी नारा सहितको बोर्ड

बिआरटीनेपाल २०७६ भदौ २६ गते ११:२२ मा प्रकाशित

अमेरिका र इजरायलविरुद्ध सन्देश लेखिएका बोर्डहरू इराकको राजधानी बग्दादका सडकहरूमा राखिएको छ । उक्त बोर्डहरू इरानी एजेन्टले अभियान चलाउने क्रममा राखेको एक इराकी गर्भनरले बताएका छन् । ती बोर्डहरू इरानले चलाएको प्रचारबाजी अभियान अन्तर्गत राखिएको विश्वास गरिएको छ । इराकमा रहेका प्रोक्सी समूहहरू उपयोग गरेर क्षेत्रीय शक्ति देखाउने इरानको रणनीति रहेको विश्वास गरिएको छ ।

इराकको निनेभे प्रान्तका गभर्नर अतील अल–नुजेफीले गत साता अमेरिकाको विनाशको नारा सहितका बोर्ड राख्नु भनेको सरकारले इरानपक्षधर समूहलाई रोक्न नसक्नु भएको बताउनुभयो । उनीहरूले इराकलाई खतरनाक अन्तर्रा्ष्ट्रिय द्वन्द्वमा घचेडेको उहाँको भनाइ छ ।

एउटा बोर्डमा अमेरिकाको स्ट्याच्यु अफ लिबर्टी र राष्ट्रपति डोनल्ड ट्रम्पको चित्र राखेर यस्तो क्याप्सन लेखिएको छ: इजरायललाई समर्थन गरेर ‘यस क्षेत्रको असुरक्षा र अस्थिरताका लागि अमेरिका जिम्मेवार छ’ ।

अमेरिकी दूतावास, राष्ट्रपति भवन र सरकारको सचिवालय भवनभन्दा एक माइलभन्दा कम दूरीमा कम्तीमा पाँचवटा बोर्ड राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू