अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

स्वास्थ्य जोखिम बढेपछि अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध

बिआरटीनेपाल २०७६ भदौ २६ गते ११:१० मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खास गरी किशोरहरूबिच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरूले देखाएका छन् । सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सुर्तीजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ ।

ह्वाइट हाउसमा संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानीया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताउनुभयो ।

सुर्तीको स्वाद भएका बाहेक अरू सबै किसिमका सुगन्धित ई–चुरोट अमेरिकी बजारमा अब बेच्न पाइने छैन । यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने छ । सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाइ विद्यार्थीले सुगन्धित ई–चुरोट सेवन गर्ने गरेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू