अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२ | Colorodo: 20:57

राष्ट्रपति ट्रम्पद्धारा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन बर्खास्त

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:४८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गर्नुभएको छ । इरान, अफगानिस्तान र अन्य विश्वव्यापी चुनौतीहरुका बारेमा मतभेद रहेपछि राष्ट्रपति ट्रम्पले बोल्टनलाई बर्खास्त गर्नुभएको हो ।

बोल्टनले ट्रम्पको परराष्ट्र नीतिप्रति असहमति जनाउनुभएको थियो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोनले राजीनामा गरेको पुष्टि गर्नुभएको छ । बोल्टनले सन् १०१८ को अप्रिलबाट ट्रम्प प्रशासनको सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ माइक फ्लाइन र एचआर म्याकमास्टरपछि राष्ट्रपति ट्रम्पका तेस्रो सुरक्षा सल्लाहकार हुनुहुन्थ्यो ।

संयुक्त राष्ट्र संघको महासभा शुरु हुनु एक हप्ता अघि मात्र सुरक्षा सल्लाहकार बोल्टनको राजीनामा आएकाले विश्व मञ्चमा ट्रम्पले आफ्ठेरोका सामना गर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ । पछिल्ला दिनहरुमा बोल्टन र विदेश सचिव माइक पोम्पेओबीच राष्ट्रपति ट्रम्पको चाहना अनुसार विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग कसरी वार्ता गराउने भन्ने बारेमा तनाव बढेको थियो । इरानी राष्ट्रपतिसँग गर्ने भनिएको वार्ताका लागि सहजिकरण नगरेको आरोपमा ट्रम्ले बोल्टनलाई बर्खास्त गरेको बताइएको छ ।
पछिल्लो समय बोल्टनलाई ह्वाइटहाउसका सूचना चुहावट गरेको पनि आरोप लागेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू