अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान

बिआरटीनेपाल २०७६ भदौ २२ गते १६:३४ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ, नाइजेरियाले आज लेगोसमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो । रोटरी क्लब पाल्म ग्रुभ र महाराष्ट्र मण्डला सह आयोजक रहेको उक्त कार्यक्रममा खुश्बु अर्याल , सोमेश अर्याल , आशा सरकार ,भरत सुनार , प्रकाश अर्याल ,रोहित भाङ्गर , वीरेन्द्र गुप्ता , अभिषेकमान सिंह , विदुर घिमिरे ,सुरज गिरी , रमेश गुप्ता , रुपा गुरुङ , जिग्नेश देव , सन्दीप सिंह ,भरत रिजाल , मनिष नायक लगायत ६८ जनाले रक्तदान गरेका थिए । यो रक्तदान कार्यक्रम एनआरएन नाइजेरियाको तेस्रो पटकको कार्यक्रम हो । 

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा , महिला उप संयोजक मन थापा , आइसिसी सदस्य चिरञ्जीवी रोका , पूर्व अफ्रिका क्षेत्रीय उप संयोजक विदुर घिमिरे , निवर्तमान अध्यक्ष विश्वास पौडेल लगायत पदाधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजन एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू