अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा पूर्वमन्त्री पी चिदम्बरम कारागार चलान

बिआरटीनेपाल २०७६ भदौ २० गते १:१५ मा प्रकाशित

आईएनएक्स मिडिया मुद्दामा भ्रष्टाचार आरोपित भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा पूर्वमन्त्री पी चिदम्बरमलाई कारागार चलान गरिएको छ ।

चिदम्बरमलाई सीबीआई अदालतले थप छानबिनका लागि समय दिन यही सेप्टेम्बर १९ सम्मका लागि कारागार चलानको आदेश दिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई दिल्लीस्थित तिहार जेल चलान गरिएको हो ।
मुद्दाको छानबिनका क्रममा चिदम्बरलाई यसअघि १५ दिन हिरासतमा राखिएको थियो । उहाँलाई गत अगस्ट २१ मा सीबीआईले पक्राउ गरेकाेे थियो ।
चिदम्बरममाथि संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकारमा अर्थमन्त्री भएका बेला अवैधानिक रूपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप छ । चिदम्बरम अर्थमन्त्री भएका बेला भारतको केन्द्रीय वैदेशिक लगानी बोर्डले सन् २००८ मा पिटर र इन्द्रानी मुकर्जियाको कम्पनी आईएनएक्स मिडियामा मोरिससका ३ कम्पनीबाट करिब ३ सय ५ करोड भारतीय रुपैयाँ वैदेशिक लगानीका लागि अनुमति दिएको थियो ।
राजस्व विभागले उक्त लगानी देशमा भित्रिँदा सम्पत्ति शुद्धीकरण गरेको र वैदेशिक लगानीसम्बन्धी कानुनहरूको उल्लंघन गरिएको तथ्य फेला पारेको जनाएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू