अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

मोदी र पुटिनबीच न्यूक्लियर प्लान्ट, मिसाइल सिस्टम लगायतका सम्झौतामा हस्ताक्षर

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:३७ मा प्रकाशित

दुई दिने भ्रमणका क्रममा रुसको भ्लादिभोस्तक पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भेटवार्ता भएको छ। भेटका क्रममा मोदी र पुटिनबीच केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतापछि भएको प्रेस मिटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले रुस र भारतबीच भारत–रुस डिफेन्स, कृषि, पर्यटन, व्यापार र अन्तरिक्ष लगायतका सम्झौतामा हस्ताक्षर भएको बताउनुभयो । भारत र रुसबीच उर्जा र मिसाईल सिस्टमसम्बन्धी पनि सम्झौता भएको छ।

यस्तै भारतको मानवसहितको अन्तरिक्ष अभियानमा समेत रुसले सहयोग गर्नेछ। जसका लागि रुसले भारतका अन्तरिक्ष यात्रीहरुलाई प्रशिक्षण दिने बताइएको छ। अगामी दिनमा रुसले भारतमा न्यूक्लियर प्लान्ट बनाउनका लागि पनि सहयोग गर्ने बताइएको छ।

रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा मोदी ‘इस्टर्न इकोनोमिक्स फोरम’मा सहभागि हुन त्यहाँ पुग्नुभएको हो । यसक्रममा मोदीलाई रुसको सर्वाेच्व नागरिक सम्मान ‘अर्डर अफ सेन्ट एन्ड्र्यू द एपोस्टल’बाट सम्मानित गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू