अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

अफगानिस्तानमा बम बिस्फोट, २ नेपालीको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:१७ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा भएको बम बिस्फोटमा २ नेपालीको मृत्यु भएको छ । काबुलस्थित ग्रीलेज क्याम्पमा सोमबार राति आतंकवादी समूहले बम बिस्फोट गराएको हो । बिस्फोटमा १६ जनाको मृत्यु भएको थियो । त्यसमा २ जना नेपाली परेका हुन् । दुबै जना सुरक्षाकर्मी हुन् । बिस्फोटमा रोल्पाका चन्द्र पुन र चितवनका कृष्ण थापाले जीवन गुमाएको गार्दा वर्ड तथा दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले मृतकका आफन्तलाई भने घटनाबारे औपचारिक जानकारी दिइसकेको छैन ।

दूतावासमा अनुसार थापा कार्यरत पोष्ट नजिकै बाम बिस्फोट भएको थियो । बिस्फोट हुँदा उनी ड्युटीमै थिए । पुन भने भने ड्युटी अफ’ थिए । ड्युटी अफ भए पनि बिस्फोटपछि कभर दिन जाँदा उनलाई आतंकवादीको गोली लागेको हो ।

काबुलमा यसअघि २०७३ असार ६ गते पनि आतंकवादी समूहले नेपाली सुरक्षागार्ड सवार मिनी बसमा बम बिस्फोट गराएका थिए । बिस्फोटमा १४ नेपालीले जीवन गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू