अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

उत्तर कोरियाले जापानको रक्षाकवच भेद्ने क्षेप्यास्त्र बनाएको दाबी

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:४५ मा प्रकाशित

उत्तर कोरियाले जापानको ब्यालिस्टिक क्षेप्यास्त्र कवच भेदन गर्ने वारहेडहरू विकसित गरिरहेको जापानका रक्षाप्रमुखले बताएका छन् । रक्षामन्त्री ताकेशी इवायाले प्योङयाङका तफर्बबाट हालैका दिनमा गरिएका क्षेप्यास्त्र प्रक्षेपण छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको विश्वास गरिएको बताउनुभयो ।

उत्तरले तारन्तार परीक्षण गरिरहँदा नजिकैको जापान सतर्क भएको छ । क्षेप्यास्त्रहरू अनियमित मार्ग भएर समुद्रमा विसर्जन गरिएकोले जापान सतर्क भएको हो । तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यी प्रक्षेपणहरू महत्वपूर्ण नभएको प्रतिक्रिया दिनुभएको छ ।

शनिवार मात्र उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ । सउलले टोक्योसँग सैन्य सूचना आदानप्रदान सम्झौता अन्त्य गरेको बताएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरिएको हो ।

उत्तर कोरियाले तर्साउदै जोखिम बढ्दै जाँदा सिउलले तर्कहीन निर्णय लिएको इवाया तथा अन्य जापानी अधिकारीहरूले बताउका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू