अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

भारतमा विमान मर्मत गर्ने इन्जिनियरहरु सवार विमान नै दुर्घटना

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:३७ मा प्रकाशित

भारतको उत्तर प्रदेश राज्यस्थित अलीगढमा मंगलबार विमान दुर्घटना भएको छ । धनीपुर विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अवतरणका क्रममा विद्युत तारमा अल्झिएर विमान दुर्घटना भएको हो ।

विमानमा विमान मर्मत गर्ने इन्जिनियरको टोली सवार थियो । उनीहरु सोही विमानस्थलमा ‘ग्राउन्डेड’ एउटा विमान मर्मतका लागि दिल्लीबाट विमान चार्टर्ड गरी अलीगढ गएका थिए ।

समाचार एजेन्सीहरुका अनुसार अवतरका क्रममा विद्युत तारमा अल्झिएर विमानमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा दुई पाइलटसहित ६ जना सवार थिए । उनीहरु सामान्य घाइते रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू