अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

भारतलाई पाकिस्तानी मन्त्रीको चेतावनी– औंला उठाए हात भाँचिदिन्छौं

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:३४ मा प्रकाशित

कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीच बढ्दो तनाव घट्ने कुनै संकेत देखिएको छ । बरु, राजनीतिक स्तरमा दुवै मुलुकका नेताहरु उत्तेजित हुँदै प्रतिक्रिया व्यक्त गरिरहेका छन् । यसै क्रममा आइतबार लाहोरमा पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै कडा प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभएको छ , ‘नरेन्द्र मोदी फासीवादी हुन्, दोस्रो पटक चुनाव जितेर आएपछि उनी केही बढी नै घमण्डी भएका छन् ।’

चौधरीले क्षेत्रीय स्तरमा भारतले शान्ति चाहेमा आफूहरु शान्तिकै पक्षमा रहने र युद्ध चाहेमा आफूहरु पनि तयार रहेको चेतावनीसमेत दिनुभयो । ‘जस्तोसूकै परिस्थितिका लागि हामी तयार छौं,’ उहाँले भन्नुभयोे, ‘हामीतिर औंला उठाउने हो भने हामी हात भाँचिदिन्छौं, मुक्का देखाउँछौं भने दाँत झारिदिन्छौं ।’

मनत्री चौधरीले पाकिस्तानी कुटनीतिक गतिविधि सही दिशातिर गइरहेको जिकिर गर्दै संयुक्त राष्ट्रसंघमा पाकिस्तानले यो विषयलाई जोडदार रुपमा उठाउने स्पष्ट पार्नुभयो । यसअघि पाकिस्तानका रेलमन्त्री शेख रासिदले आइतबार पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फरावादमा पत्रकारहरुसँग कुरा गर्दै भारतले पाकिस्तानमाथि हमला गरेमा उपमहाद्वीपमा भारतको नक्सा नै परिवर्तन हुने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू