अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

अमेरिकासँग ब्यापार सम्झौताका लागि बेलायतले सर्त राख्यो

बिआरटीनेपाल २०७६ भदौ ८ गते ९:५५ मा प्रकाशित

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकासँग ब्यापार सम्झौताको लागि सर्त अगाडि सार्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता गर्दा बेलायती उत्पादनहरुमाथि हाल लगाइएको प्रतिबन्ध हटाउनुपर्ने जोन्सनको सर्त छ । यस विषयमा जि–सेभेन शिखर सम्मेलनमा ट्रम्पसँग कुराकानी गर्ने जोन्सनको तयारी छ ।

बेलायती प्रधानमन्त्री जोन्सनले असमान मापदण्ड र प्रतिबन्ध बोकेर बेलायती उत्पादन र व्यापारले अमेरिकासँग प्रतिस्पर्धा गर्न नसक्ने स्पष्ट पार्नुभयो । विश्वका विकसित राष्ट्रहरुको समुह जि–सेभेनको सम्मेलन फ्रान्समा आजबाट हुँदैछ । यही सम्मेलनमा हुने साईडलाईन वार्तामा अमेरिका र बेलायतबीच व्यापार सम्झौताको विषयमा छलफल हुने संभावना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू