अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

भारतको पश्चिम बंगालमा एक मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ ६ गते १०:०४ मा प्रकाशित

भारतको पश्चिम बंगाल राज्यको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ भने कम्तिमा २५ जना घाइते भएका छन्। पश्चिम बंगाल राज्यको उत्तर २४ परगना जिल्लाको कचुवास्थिति लोकनाथधाममा भागदौड भएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार लोकनाथधाम मन्दिरमा शुक्रबार बिहान करिब तीन बजेतिर श्रीकृष्ण जन्माष्टमीका अवसरमा भक्तजनहरुको भिड जम्मा भएको थियो। सोहीक्रममा वर्षा हुन थालेको थियो। त्यसपछि मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किँदा भागदौड मच्चिएको हो।

यसैवीच, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र गम्भिर घाइते भएकाहरुलाई जनही एक लाख र सामान्य घाइतेहरुलाई पचास हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । मुख्यमन्त्री ममता बजर्नीले शुक्रबार विहान अस्पताल पुगेर घाइतेहरुलाई भेट्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू