अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

एनआरएन दक्षिण कोरियाको अध्यक्षमा चार जनाले गरे उम्मेद्वारी घोषणा – बढ्यो चुनावी सरगर्मी

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:५५ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षका लागि चार जनाले उम्मेद्वारी घोषणा गरेका छन्। आगामी सेप्टेम्बर २१ र २२ का मा हुन लागेको एनआरएनए दक्षिण कोरियाको सातौँ अधिवेशनको मिति नजिकिएसँगै चार जनाले अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन ।

अध्यक्षका लागि लक्ष्मी लामा गुरुङ, यज्ञराज सुवेदी, विपिन गुरुङ र बुद्धि गुरुङले उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । चारमध्ये लक्ष्मी लामा गुरुङले दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गर्नुभएको हो । अधिवेशनको मिति नजिकिदै जाँदा अन्य पदहरुमा पनि उम्मेद्वारी घोषणा गर्ने क्रम जारी रहेको छ । जसअनुसार आईसिसी सदस्यमा ओम जुगजाली मगर, वरिष्ठ उपाध्यक्षमा अमृत राई, जीवन थापा र शिव रेग्मीले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा संजीव राई, ईश्वर रोकाय, सोम तामाङ, यदु लामिछाने र अबिका पार्कले उमेद्वारी दिने घोषणा गर्नुभएको छ । महासचिवमा विमल सुवेदी, धर्मराज जोशी र भिमराज चेम्जोङले उम्मेद्वारी घोषणा गर्नुभएको छ । त्यसैगरी सचिव पदमा सन्तोष कुमार राई, किशोर कोईराला, रोसन भट्टराई र टंक गौतमले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

उम्मेद्वारी घोषणासँगै कोरियामा चुनावी सरगर्मी बढेको छ । उम्मेद्वारहरुले आफ्नो पक्षमा लबि थालेका छन भने सामाजिक संजालमा उम्मेद्वारसहित समर्थकले आफ्ना उम्मेद्वारलाई विजयी गराउन अपिल गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू