अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

इजरायलले गरेको आग्रह अमेरिकी सांसदहरुबाट अस्वीकार

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:४१ मा प्रकाशित

अमेरिकी सांसद रशीदा तलैबले इजरायलको आग्रहलाई अस्वीकार गर्नुभएको छ । सांसद तैलवले विपक्षीको हैसियतमा वेस्ट बैंक र पूर्वी यरूशलमको भ्रमण नगर्ने स्पष्ट पार्नुभएको हो । यसअघि इजरायलले अमेरिकाका दुई जना मुसलमान महिला सांसदहरुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।इजरायल सरकारका प्रमुख आलोचक मानिएका अमेरिकाका मुसलमान महिला सांसदहरु इल्हान उमर र रशीदा तलैबमाथि इजरायलले मुलुक प्रवेशमा प्रतिवन्ध लगाएको हो ।

सांसदद्वय आगामी साता इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंक र पूर्वी यरूशलम जाने तयारी थियो । सांसद इल्हान उमरले इजरायलको यो कदमलाई लोकतान्त्रिक मूल्य मान्यताको अपमान भएको प्रतिक्रिया दिनुभएको थियो । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरका माध्यमबाट ती महिला सांसदहरुको इजरायल प्रवेशमा प्रतिबन्ध लगाउने माग गर्दै उनीहरुलाई इजरायल प्रवेश गर्न दिनु ‘ठूलो कमजोरी’ हुने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू