अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

बिआरटीनेपाल २०७६ साउन ३१ गते ७:४९ मा प्रकाशित

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न प्रस्ताव गर्नुभएको छ । इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उहाँले आफ्नो प्रस्तावमा समर्थन जनाउन आम जनतासँग आग्रह पनि गर्नुभयो । उहाँले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर ज्यादै भएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति विडोडोले कुनै पनि मुलुकका लागि राजधानी शहर राष्ट्रिय पहिचानको प्रतीक मात्र नभएर मुलुकको प्रगतिको सूचक पनि हुने गरेको प्रष्ट पार्नुभयो । मुलुकको राजधानी अब बोर्नियो द्वीपमा सार्न प्रस्ताव गर्दै उहाँले यसमा आम इन्डोनेसियाली जनताको समर्थन र आशिर्वाद आफुले चाहेको उल्लेख गर्नुभएको छ । उहाँले बोर्नियोमा राजधानी सार्ने कार्यले समानता र आर्थिक न्याय पनि प्रदर्शित गर्ने बताउँदै यो अग्रगमनमा रहेको इन्डोनेसियाको दूरदृष्टि भएको ठहर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू