अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन

बिआरटीनेपाल २०७६ साउन २६ गते १०:०३ मा प्रकाशित

भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन हुनुभएको छ । गएराति अवेरसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागी नहुने घोषणा गर्नुभएको थियो ।

सोनियाले १९९८ देखि २०१७ सम्म कांग्रेसको नेतृत्व गर्नुभएको थियो । त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो । तर सोनियाले नेतृत्व लिन अस्वीकार गर्दै आउनुभएको थियो ।

यस्तै कंग्रेसलाई जसैगरी पनि १५ तारिख अगाडी नयाँ अध्यक्ष घोषणा गर्नु पर्ने भएकाले पनि अहिलेलाई अन्तरिम अध्यक्षको रुपमा सोनियालाई राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । १५ अगस्टमा अध्यक्षका हैसियतका सोनियाले पार्टी कार्यालयमा झण्डोत्तलोन गर्ने चलन छ । राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू