अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४ | Colorodo: 12:59

भारतको विचारधारा हिटलरको जस्तै भएको पाकिस्तानका प्रधानमन्त्री खानको टिप्पणी

बिआरटीनेपाल २०७६ साउन २६ गते १०:०२ मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको विचार धारा एडोल्फ हिटलरको जस्तै रहेको टिप्पणी गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले ट्विट् मार्फत यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले आफूलाई भारतीय राष्ट्रिय स्वंयसेवक सङ्घ आरएसएसको विचारधारासँग डर लागेको बताउनुभयो ।

त्यस्तै खानले आफ्नो आधिकारिक खाताबाट लेखेका कुराहरूलाई पाकिस्तान सरकारको ट्विटबाट समेत प्रकाशित गरिएको छ । आरएसएस सत्तारूढ भारतीय जनता पार्टीसँग सम्बन्धित दक्षिणपन्थी, हिन्दु राष्ट्रियतावादी स्वंयसेवक संस्था हो ।

भारत सरकारले भारत प्रशासित कश्मीर माथिको विशेषाधिकार अन्त्य गर्दै केन्द्र शासित दुईवटा प्रदेशमा विभाजन गरेपछि पाकिस्तान रुष्ट भएको हो । लगत्तै पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोड्दै कुटनीतिक सम्बन्धलाई पनि सिमित तुल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू