अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

कश्मिरमा ५ सय बढी पक्राउ

बिआरटीनेपाल २०७६ साउन २३ गते १०:१४ मा प्रकाशित

भारत प्रशासित कस्मिरमा ५०० भन्दा बढी पक्राउ परेका छन्। नरेन्द्र मोदी सरकारले धारा ३७० को खारेज गर्नुअघिदेखि नै कश्मिरमा सेना परिचालन गरिएको छ। हिंसा रोक्न भन्दै सेनाले ५०० भन्दा बढीलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यस्तै एक विपक्षी कार्यकर्ताले भारतको सर्वोच्च अदालतमा भारत प्रशासित कश्मिरमा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र सुरक्षाकर्मी परिचालन गरेको विरोधमा मुद्दा हालेका छन्। त्यहाँका नागरिक र नेताहरुलाई समेत चार दिनदेखि घरमै थुनिएको छ। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल बुधबार कानुन व्यवथालाई कार्यन्वयन गर्न कश्मिर पुग्नुभएको थियो ।

मुस्लिम समाजको बहुमत भएको ठाउँ कस्मिर भारत र पाकिस्तान दुबै राष्ट्रले आफ्नो मान्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू