अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

पाकिस्तानी सेनाले भन्यो– कस्मिरीको पक्षमा जुनसुकै हदसम्म पनि जान सक्छौं

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:४० मा प्रकाशित

पाकिस्तानी सेनाले भारतप्रशासित जम्मु कस्सिरलाई दिइएको विशेष मान्यता खारेज गर्ने भारतको निर्णयको अमान्य भएको जनाएको छ । मंगलबार दिउँसो पाकिस्तानी सेनाको मुख्यालय रावलपिण्डीमा भएको सेनाको बैठकले भारतको निर्णयपछि कस्मिरी जनताप्रतिको दायित्व पूरा गर्न आफूहरू जुनसुकै हदसम्म जान सक्ने निर्णय गरेको हो ।

सैनिक प्रवक्ता आशिफ गफुरले पाकिस्तानी सेना आफ्नो दायित्व पूरा गर्न जुनसुकै हदसम्म जान तयार रहेको बताउनुभयो । ‘जम्मु कस्मिरलाई संविधानको धारा ३७० र ३५ एमार्फत् वैधानिक रूपमा आफ्नो बनाउने भारतको प्रयासलाई पाकिस्तानले कहिल्यै पनि मान्यता दिएको छैन,’ गफुरले ट्वीटमा लेख्नुभएको छ , ‘पाकिस्तानी सेना अन्तिम समयसम्म कस्मिरीहरूको न्यायपूर्ण संघर्षको साथमा हुनेछ। त्यसका लागि जुनसुकै हदसम्म जान पनि हामी तयार छौं।’

नरेन्द्र मोदी सरकारले सोमबार जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गर्ने, जम्मु कस्मिर र लद्दाखलाई दुई केन्द्रशासित क्षेत्र बनाउने निर्णय गरेको थियो। भारतको यो निर्णयलाई पाकिस्तानले गैरकानुनी भन्दै त्यसको प्रतिरोध गर्न सम्भव भए जति सबै कदम चाल्ने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू