अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

भारतले राजनीतिक शरण दिन अस्वीकार गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:१२ मा प्रकाशित

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीब अब्दुल गफूरलाई पक्राउ गरेको स्थानीय प्रहरीले जनाएको छ । उहाँ राजनीतिक शरणको खोजीमा भारत जानुभएको थियो, तर भारतले उहाँलाई प्रवेश गर्न दिएको थिएन ।

माल्दिभ्सको प्रहरीले उनलाई पक्राउ गरेको खबर प्रहरीले शनिबार सार्वजनिक गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । अदीबलाई सन् २०१६ मा माल्दिभ्सका तत्कालीन राष्ट्रपति अब्दुल्लाह यामीनको हत्याको प्रयास गरेको आरोपमा १५ वर्षको जेल सजाय तोकिएको थियो । उहाँ सामान ओसार्न प्रयोग गरिने पानी जहाज मार्फत भारत प्रवेश गर्ने प्रयासमा रहनुभएको थियो । भारतले राजनीतिक शरण दिन अस्वीकार गरेपछि प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

थूथुकुदीमा रहेका भारतका तटीय अधिकारीले अबीदलाई शुक्रबार माल्दिभ्स फिर्ता पठाएको भारतको विदेश मन्त्रालयले जनाएको छ । अबीदले आफ्नो जीवन जोखिममा रहेको भन्दै भारतसँग राजनीतिक शरण माग गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू