अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

अमेरिकाको टेक्सस र ओहायोमा अन्धाधुन्ध गोली प्रहार, २९ जनाको मृत्यु, ४२ जना घाइते

लगालग दुई गोली काण्ड : २९ जनाले ज्यान गुमाए , ४२ घाइते

बिआरटीनेपाल २०७६ साउन १९ गते ९:२४ मा प्रकाशित

अमेरिकाको टेक्सस र ओहायो राज्यमा भएका छुट्टछुट्टै अन्धाधुन्ध गोली प्रहारका घटनामा कम्तीमा २९ जनाको मृत्यु भएको छ । दुवै घटनामा परी ४२ जनाभन्दा वढी घाईते भएका छन् । टेक्ससको एल पासो शहरको सिएलोभिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गरिएको आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा सो मानजविय हताहती भएको हो । घटनामा अन्य २६ जना घाइते भएका छन् ।

यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ । अन्धाधुन्ध गोली प्रहारपछि भागदौड मच्चिएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गोली चलाएको आरोपमा २१ वर्षीय प्याट्रिकम क्रुसियसलाई पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी डालास क्षेत्रका बासिन्दा रहेको बताइएको छ । आरोपितलाई पक्राउ गर्न प्रहरीले गोली नचलाएको स्थानीय प्रहरी प्रवक्ता रोबर्ट गोमेजले जानकारी दिनुभयो ।टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक रहेको प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच, अमेरिकाकै ओहायो राज्यमा भएको अर्को एक गोलीकाण्डमा ९ जना मारिएका छन् । ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको गोलीकाण्डमा उनीहरु मारिएका हुन् । मध्यशहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा उक्त हताहती भएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।

बन्दुकधारीले त्यहाँको एउटा बारमा अन्धाधुन्ध आक्रमण गरेका थिए । घटनामा अरु १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनामा आशंकित बन्दुकधारी पनि मारिएको प्रहरीले जनाएको छ । प्रहरी कार्वाहीमा एक जना आक्रमणकारी मारिए पनि घटनामा अर्का पनि संलग्न रहेको आशंका प्रहरीको छ ।

घटनापछि दुवै राज्यको सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटना निकै दुःखद भएको बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू