अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

भारतीय पत्रकारलाई रोमन म्यागासेसे पुरस्कार

बिआरटीनेपाल २०७६ साउन १७ गते १०:१७ मा प्रकाशित

भारतीय पत्रकार रविश कुमारले यस वर्षको रामोन म्यागसेसे पुरस्कार प्राप्त गर्नुभएको छ । आवाजविहीनहरुलाई आवाज दिनका लागि पत्रकारितालाई माध्यम बनाएको भन्दै रविश कुमारलाई अवार्डबाट पुरस्कृत गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिले जनाएको छ ।

फिलिपिन्सका पूर्व राष्ट्रपति रामोन म्यागसेसेको नाममा स्थापना भएको पुरस्कारबाट यस वर्ष रविशसँगै म्यानमारका पत्रकार को सी विन, थाइल्याण्डकी अधिकारकर्मी अग्खंना निलापाइजित, फिलिपिन्सका संगीतकार रेमण्ड पुजान्ते कायाब्याब र दक्षिण कोरियाका अधिकारकर्मी किम जोगं की पनि पुरस्कृत भएका छन् । म्यानमारका पत्रकार तथा अलनाइन न्यूज पोर्टल म्यानमार वानका सम्पादक विनलाई पनि आमसञ्चारमाध्यमको सत्यतथ्य पस्कने क्षमता र शक्ति विकास गर्न योगदान गरे वापत पुरस्कृत गरिएको जनाइएको छ । विनलाई सामाजिक सद्भाव भड्काउने किसिमको समाचार फेसबुकमा प्रेसित गरेको भन्दै म्यानमार सरकारले दूरसञ्चार कानुनअन्तर्गत मानहानीको मुद्दा लगाएको थियो, जसका कारण उहाँ करीब दुई वर्ष कैद भोग्न बाध्य हुनुभएको थियो ।

विनले फेसबुकमा शेयर गरेको समाचारमा म्यानमारका बौद्ध भिक्षुहरुले रोहिंग्यालगायतका अल्पसंख्यक समुदायहरुबाट तालिवानले जस्तै अमानवीय व्यवहार गरेको विषयवस्तु समेटिएको थियो। तर, उहाँको गिरफ्तारीलाई लिएर म्यानमार सरकारको अन्तर्राष्ट्रियरुपमै चर्को आलोचना भएपछि एक महिनामात्र राखेर रिहा गरिएको थियो।

पुरस्कार आगामी ९ सेप्टेम्बरमा फिलिपिन्सको राजधानीमा मनिलामा वितरण गरिनेछ । यो पुरस्कार नेपालका अनुसन्धाता महेशचन्द्र रेग्मी, पत्रकार भारदत्त कोइराला डाक्टर सन्दुक रुइत, संचार प्रविधिविज्ञ महावीर पुन, र शक्ति समूहले पाइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू