अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

पाकिस्तानमा सेनाको विमान दुर्घटना, १८ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:४८ मा प्रकाशित

पाकिस्तानको रावलपिण्डी नजिकै सेनाको एउटा सानो विमान दुर्घटना हुंदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेमा चालक दलका पाँच सदस्य र १३ सर्वसाधारण रहेको बताइएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

तालिमका लागि उडाइएको उक्त विमान दुर्घटनापछि त्यसमा आगो लागेको र केही घरहरूमा पनि आगो फैलिएको अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । रावडपिण्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू