अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 12:01

एनआरएनए नाइजेरियाको सातौँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा रोशन थापा निर्वाचित

बिआरटीनेपाल २०७६ असार ३० गते १०:३६ मा प्रकाशित

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली सङ्घको आज नाइजेरियाको लेगोसमा सम्पन्न सातौँ वार्षिक साधारण सभाले सन २०१९- २०२१ का लागि रोशन थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्य समितिको गठन गरेको छ । 

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तर्राष्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भए देखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रूपमा आफूलाई स्थापित भएको र एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेकोमा गर्व गर्नु भयो ।

त्यसै गरी साधारण सभामा आई सिसी महिला उप संयोजक मन थापा, आईसीसी सदस्य चिरञ्जीवी रोका, पूर्व अफ्रिका उप संयोजक विदुर घिमिरे, उपाध्यक्ष वीरेन्द्र गुप्ताले मन्तव्य व्यक्त गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष विश्वास पौडेलले गर्नु भएको थियो । 

साधारणसभाले सन २००१९-२१ का लागि आइसीसी सदस्यमा विश्वास पौडेललाई चयन गरेको छ भने उपाध्यक्षमा वीरेन्द्र गुप्ता,उर्मिला रोका,सुशील गिरी महासचिवमा अभिषेक मान सिंह, सचिवमा रोहित भाङ्गर, सोमेश अर्याल कोषाध्यक्षमा रमेश गुप्ता, सहकोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरूमा उत्तम पौडेल, राजु धिताल, इन्द्र टन्डन, विष्णु गिरी र लक्ष्मी गुरुङ निर्वाचित भएका छन् ।

कार्य समितिको महिला संयोजकमा सावित्री गुप्ता र युवा संयोजकमा फिरोज आलम निर्वाचित भएका छन् । त्यसै गरी सल्लाहकारमा हिक्मत थापा, चिरञ्जीवी रोका, विदुर घिमिरे, सञ्जय थापा र शङ्कर बर्मा चयन हुनु भएको छ ।

साधारण सभाले सङ्घको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा सञ्चालन गर्ने र नेपाली सांस्कृतिक कार्यक्रमको तेस्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू