अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

भारतमा मनाईयो भानु जयन्ती

बिआरटीनेपाल २०७६ असार २८ गते ७:५८ मा प्रकाशित

भारतका नेपालीभाषी भारतीयहरुले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ति उत्सवका रुपमा मनाएका छन्। उनीहरुले आदिकवि भानुभक्तको २०५ औं जन्म जयन्ती १३ जुलाईका दिन ( शनिवार) मनाएका हुन्। सरकारी क्यालेन्डर अनुसार १३ जुलाई सार्वजनिक विदा भएको र सरकारले पनि सोही दिन मनाउने हुँदा शनिवार नै सबैले मनाएको सिक्किमका साहित्यकार थिरुप्रसाद नेपालले जानकारी दिनुभयो ।

भारतका पूर्वोत्तर राज्यहरुमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई नेपालीभाषी भारतीयहरुले उत्सवका रुपमा मनाउने गरेको सिलिगुडी मिलन मोडका हेमन्त गौतमले बताउनुभयो । वर्षेनी जुलाई महिनाको १३ तारिकका दिन भारतीय नेपालीभाषीहरुले नेपाली पोषाकमा सजिएर आदिकवि आचार्यको जन्म जयन्तीमा मनाउँछन् । आयोजित कार्यक्रममा रामायण पाठ तथा भानुभक्तको जीवनीमाथिको चर्चा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू