अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

कृष्टिना र स्टेलालाई सिङ्गापुरमा अन्तर्राष्ट्रिय उपाधि

बिआरटीनेपाल २०७६ असार २६ गते ७:५६ मा प्रकाशित

काठमाडौँ । बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई उत्कृष्ट सफलता मिलेको छ । सिङ्गापुरमा गत २६ जुन देखि १ जुलाईसम्म आयोजना भएको ‘एसिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मा सहभागी नेपालका पाँच बालबालिका मध्य २ ले उत्कृष्ट उपाधि जितेका छन् ।

सो फेस्टिबलमा एसियाका ४२ देशका बालबालिका सहभागी थिए । जसमा ‘लिटिल एसिया प्यासिफिक प्रिन्सेस–२०१९’मा नेपाली नानी कृष्टिना खड्काले ‘लिटिल एसिया प्यासिफिक प्रिन्सेस–२०१९’ शीर्ष उपाधि जितिन् । ११ वर्षीया कृष्टिना नेसनल किड्स अफ इयर २०१८ नेपालकी सिनियर समूहकी विजेता हुन् ।

यस्तै ‘एसिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मै आयोजित ‘मिनी एसिया प्यासिफिक प्रिन्सेस–२०१९’मा सबैलाई उछिनेर नेपाली नानी स्टेला शाहले शीर्ष उपाधि जितिन् । ८ वर्षीया स्टेला पनि नेसनल किड्स अफ इयर २०१८ नेपालकी जुनियर समूहकी विजेता हुन् । उनी युलेन्स स्कुलमा कक्षा ३ मा पढ्दै छिन् ।

नेसनल किड्स अफ इयर २०१८कै उपविजेता तथा र्याडिएन्ट रिडर्स एकेडेमीकीका कक्षा ६ की यांशु श्रेष्ठले यो प्रतियोगितामा वेस्ट पर्सनालिटी र वेस्ट इन बिच स्विम वेयर उपाधि जितिन् । नेपाल टिमकी ८ वर्षीया मिनाल केसीले वेस्ट स्माईल र ९ वर्षीया सुखी प्रधानले वेस्ट पार्टी वेयरको अवार्ड पाए ।

यी पाँचै जनालाई लिटिल एसिया प्यासिफिक प्रिन्सेस–२०१९ र मिनी एसिया प्यासिफिक प्रिन्सेस–२०१९को आधिकारिक संस्था इभेन्ट वेटर ग्यालेक्सीले सिङ्गापुर लगेको हो । दुई बालिकाको यो सफलता नेपालकै सफलता भएको इभेन्ट वेटर ग्यालेक्सीको अध्यक्ष धिरज तण्डुकारले मङ्गलवार काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा बताए ।

विजेताहरूले पनि आफूहरूले लामो समयको मेहनत पश्चात् एसियाका अरू देशका प्रतियोगीलाई जितेर उपाधि नेपाल ल्याएको पत्रकार भेटघाटमा बताए । उनीहरूलाई कोरियोग्राफर रोजिन श्रेष्ठले विशेष प्रशिक्षण दिएका थिए । अभिमन्यु शर्माले यो प्रतियोगिताको लागि व्यवस्थापन हेरेका थिए ।

प्रतिक्रिया