अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

अफगानिस्तानमा शान्तिस्थापनाको प्रयास, तालीवान र सरकारबीच शान्तिवार्तामा सहमति

बिआरटीनेपाल २०७६ असार २४ गते ८:१० मा प्रकाशित

अफगानिस्तानमा शान्ति स्थापना गर्ने उद्देश्यले तालिबान बिद्रोही, केही प्रभावशाली अफगानी नागरिक र सरकारी अधिकारीबीच भएको शान्तिवार्तामा सहमति जुटेको छ । कतारमा सम्पन्न दुईदिने सम्मेलनपछि उनीहरू ’शान्तिको बाटोमा हिँड्न’ सहमत भएका हुन्।

यो सहमतिलाई ठूलो उपलब्धि ठानिएको छ, भलै सहमतिको लिखतमा कुनै वाध्यकारी प्रावधान राखिएको छैन। तथापि, यो सहमति १८ वर्षदेखि अशान्त अफगानिस्तानलाई शान्तितर्फ उन्मूख गराउने दिशामा कोसेढुंगा बन्ने ठानिएको छ । वार्ताकारहरूले अफगानी सर्वसाधारणले बेहोर्दै आएको मानवीय क्षति रोक्ने र महिला अधिकारलाई ’इस्लामिक दायरा’मा रहि सम्बोधन गर्ने सहमति जुटेको बताएका छन्। त्यस्तै सहमतिको अर्को बुँदामा ’कुनै पनि प्रकारको विदेशी हस्तक्षेप नसहने’ उल्लेख छ।

अफगानिस्तानबाट अमेरिका फिर्ता हुने विषयमा तालिबान र अमेरिकाबीच छलफल चलिरहेकै बेला यो बहुपक्षीय सहमति जुटेको हो। अमेरिकाले सन् २००१ मा तालिबानलाई घुँडा टेकाएदेखि नै अफगानिस्तान हिंसाको दुस्चक्रमा फसेको थियो। सोमबार राति सम्पन्न सातौं चरणको वार्ताले सहमतिको आधार तयार गरेको भन्दै वार्ताकारहरूले अघिल्लो चरणको वार्ताबाट अमेरिका फिर्ता हुने र अफगानिस्तानको भूमि आतंकवादी क्रियाकलापमा प्रयोग नहुने स्थिति बन्ने अपेक्षा गरेका छन्।

शान्तिवार्ताकोे प्रयास जारी रहेपनि अफगानिस्तामा हिंसाका घटनामा भने कुनै कमी आएको छैन । त्यहाँ पछिल्लो पाँच वर्षमा ४५ हजार सुरक्षाकर्मी मारिएका छन् भने यसै वर्षको शुरुका तीन महिनामा ५८१ नागरिकले ज्यान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू