अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

बेलायती राजदूतसँग कुनै व्यवहार नगरिने – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ असार २४ गते ७:५९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टनस्थित वेलायती राजदूत सर किम डोरोचसँग आफूहरुले व्यवहार नगर्ने बताउनुभएको छ । बेलायती राजदूत किमले ट्रम्प प्रशासनको आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले अब उहाँमाथि आफूले कुनै व्यवहार नगर्ने स्पष्ट पार्नुभयो ।

आफ्ना केही इमेल लिक भएपछि राजदूत किमले अमेरिकी ट्रम्प प्रशासनलाई अकुशल र अयोग्य भन्दै आलोचना गर्नुभएको सथयो । बेलायती राजदूतको भनाइलाई लिएर आक्रोसित बन्नुभएका ट्रम्पले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गर्नुभएको छ । उहाँले बेलायतले नयाँ प्रधानमन्त्री पाउने कुरा ‘सुखद समाचार’ भएको टिप्पणीसमेत गर्नुभयो । यसअघि, बेलायती प्रधानमन्त्री मे ले राजदूत किममाथि पूरै भरोसा रहेको प्रतिक्रिया दिनुभएको थियो ।

यसैबीच बेलायती प्रधानमन्त्रीका प्रवक्ताले ईमेल लिक प्रकरणलाई अस्वीकार्य भएको बताएका छन् । उनले यस बारेमा प्रधानमन्त्री कार्यालयले ह्वाइट हाउससँग सम्पर्क गरेको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले पनि लिक भएका ईमेलबारे आफ्नो प्रतिक्रिया यसअघि नै दिइसक्नुभएको छ । उहाँले आफू बेलायती राजदूत किमको ठूलो प्रसंशक नरहेको र उनले बेलायतको राम्रो सेवा नगरेको उल्लेख गर्नुभएको छ ।

ट्रम्पले राजदूत किमप्रति अमेरिकामा कोही पनि खुसी नभएको बताउनुभएको थियो । तर बेलायती प्रधानमन्त्री मे ले भने राजदूत किमको बचाउ गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेलायती प्रधानमन्त्रीको आलोचना गर्नुभएको हो । राजदूतलाई समर्थन गरेकोमा मेप्रति आक्रोस पोख्दै ट्रम्पले ब्रेक्जिट मामिलामा भद्रगोल निम्त्याइएको टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू