अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

बिआरटीनेपाल २०७६ असार २३ गते १०:०० मा प्रकाशित

चीनले संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको बताएको छ । चीनको उक्त भनाई अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाइएका आर्थिक नाकाबन्दीपछि इरानले यूरानियम प्रशोधनको उच्च सीमालाई तोड्ने घोषणापछि आएको हो।

“तथ्यले यो बताइसकेको छ कि एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिइसकेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्क्ता गेङ सुआङले बेइजिङमा भएको नियमित पत्रकार भेटमा भन्नुभयो । “अमेरिकाले इरानमाथि सिर्जना गरेको अत्यधिक दवाब इरानी आणविक सङ्कटको कारण हो।”– उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू