अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

राष्ट्रपति ट्रम्पको कार्यकाल अपमानमा टुंगिन सक्छ– बेलायती राजदूत डरोव

बिआरटीनेपाल २०७६ असार २२ गते १०:२१ मा प्रकाशित

अमेरिकाका लागि बेलायती राजदूतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कलाविहीन, असुरक्षित र असक्षम भन्दै उहाँको कार्यकाल अपमानजनक तरिकाले अन्त्य हुन सक्ने बताउनुभएको छ । बेलायतको मेल अनलाइनले आइतबार प्रकाशित गरेको एक रिपोर्टमा राजदूत सर किम डरोवले १० डाउनिङ स्ट्रिट– (प्रधानमन्त्रीको कार्यालय) लाई पठाएका गोप्य सन्देशहरुमा यस्तो टिप्पणी गर्नुभएको हो ।

रिपोर्ट हेरेको दाबीसहित ‘डेली मेल’ ले डरोवको भनाई उद्धृत गर्दै भनेको छ,“ बेलायतका उच्च कुटनीतिज्ञले ट्रम्पको चरित्रमा आक्षेप लगाउने खालको यो सन्देशसहित ह्वाइट हाउस एकदमै अशक्त रहेको र राष्ट्रपतिको पद अपमानजनक तरिकाले समाप्त हुन सक्ने चेतावनी दिएका छन्” ।

राजदूतको यो विस्फोटक टिप्पणीले पातलो कान भएका राष्ट्रपतिलाई चिढ्याउने र बेलायतको अमेरिकासँगको विशेष सम्बन्धनलाई अवमूल्यन गर्ने अनुमान बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू